काठमाडौं। हिमालयन बैंकले पुस २९ गते आफ्नो ३२औं वार्षिक साधारणसभा आयोजना गर्ने घोषणा गरेको छ। सभा नेपाल आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ।
सभामा ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ (थप सार्वजनिक निष्कासन) प्रिमियममा निष्कासन गर्ने प्रस्ताव हुनेछ । एफपीओ निष्कासनपछि जारी र चुक्ता पुँजीमा वृद्धि हुने भएकाले त्यसअनुसार प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।
बैंकले लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । यसर्थ, बैंकका सेयरधनीको यसपटक पनि हात खाली हुनेछ । बैंकले आर्थिक वर्ष २०७९–८० मा पनि लााभांश वितरण गरेको थिएन ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ । सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती गर्ने प्रस्ताव पनि पारित गर्नेछ । सभा प्रयोजनका लागि पुस १८ गते बुक क्लोज गर्ने बैंकले जानकारी गराएको छ ।
तसर्थ, पुस १७ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।







