काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने घोषणा गरेको छ ।
कम्पनी सञ्चालक समितिको ४ पुसमा बसेको बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि चुक्ता पूँजी ३ अर्ब २० करोडको १ बराबर १ अनुपातमा १ सय अंकित दरका ३ करोड २० लाख थान हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।







