काठमाडौं । हिमाल वाटर पार्क एन्ड भिलेज होटल लिमिटेडले आईपीओ प्रस्तावसहित पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीले रजिष्टर्ड कार्यालय, विरगञ्ज महानगरपालिका, पर्सामा बिहान ११ बजे सुरु हुनेछ ।
साथै, आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।







