नेपाल चिया विकास निगमले आईपीओ जारी गर्ने

काठमाडौं । नेपाल चिया विकास निगम लिमिटेडले आगामी पुस २९ गते सोमबार काठमाडौंमा साधारणसभा आयोजना गर्ने भएको छ।

सभा होटल रोयलसिंधिं, कमलादीमा अपरान्ह ४:३० बजे सुरु हुनेछ। सभामा प्रमुख रूपमा निगमको चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव र सर्वसाधारणमा शेयर विक्री गर्ने विषयमा छलफल गरिनेछ।

साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनलाई छलफल गरी पारित गर्नेछ र चालू आर्थिक वर्षका लागि लेखापरिक्षकको नियुक्ति र उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित हुनेछ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *