युनियन हाइड्रोपावरले बोलायो साधारणसभा

काठमाडौं। युनियन हाइड्रोपावर लिमिटेडले पुस २६ गते साधारण सभा बोलाएको छ । सभा सिद्धार्थ कटेज ललितपुर ३ धोविघाटमा बिहान १०ः३० बजे शुरु हुनेछ ।

सभाले गत आव २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यस्तै सभाले यस कम्पनीद्धारा प्रवद्र्धित होङ्गु खोला र माथिल्लो तमोर ए ज.वि.आ को परियोजना हस्तान्तरण र ब्यवस्थापन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने जनाएको छ । यस बुक क्लोजको आधारमा पुस १६ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *