सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन

काठमाडौं । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जिल्लाको क्व्होंलासोथार गाउँपालिकाको भवन उद्घाटन गरेका छन् । उक्त गाउँपालिकाको वडा नं २ मालिङमा निर्मित भवनको उनले आज उद्घाटन गरेकाे हो ।

गण्डकी प्रदेश सरकारले रु दुई करोड र गाउँपालिकाको दुई करोड गरी रु चार करोड १४ लाख १२ हजार नौ सय ३९ को लागतमा भवन निर्माण भएको गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले बताए। भवनले दुई रोपनी चार आना जग्गा चर्चेको छ । नवनिर्मित भवनमा ३६ कोठा छन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *