एक्सेल डेभलपमेन्ट बैंकले वितरण गर्यो १२ प्रतिशत बोनस शेयर

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले १२ प्रतिशत बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ ।

बैंकले गत आर्थिक वर्षको मुनाफबाट वितरण गर्ने गरी गत असोज १६ गते सम्पन्न १५औं वार्षिक साधारण सभाबाट पारित उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात वितरण गरेको हो ।  बैंकले १२ प्रतिशत बोनस शेयर वापतको ९ लाख ७३ हजार ३४५ दशमलव ४६९७ कित्ता शेयर चैत १५ गते दोस्रो बजारमा सूचीकृत गराएको थियो । भदौ ३१ गतेसम्म शेयर अभौतिकीकरण गराएका सदस्यहरुको बोनस शेयर हितग्राही खातामा जम्मा गरिसकेको जानकारी बैंकले दिएको छ ।

सो मिति पश्चात् शेयर अभौतिकीकरण गराएका सदस्यहरुको हकमा पनि क्रमश बोनस शेयर जम्मा हुने व्यवस्था रहेकाले यथासिघ्र शेयर अभौतिकीकरणका लागि बैंकले  आग्रह गरेको छ । बैंकको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *