एनआईसी एशिया बैंकको साधारण सभा आज, राष्ट्र बैंकद्वारा लाभांश प्रस्ताव अस्वीकृत

एनआईसी एशिया बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा क अफिसर्स क्लब काठमाण्डौमा सुरु भएको छ ।

सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथैसभाले संस्थापक शेयरधनी तर्फबाट प्रतिनिधित्व गर्ने तीन जना सञ्चालक र सर्वसाधारण शेयधनीको तर्फबाट प्रतिनिधित्व गर्ने तीन जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने, कम्पनीको प्रबन्धपत्र र निमावलीमा संशोधन गर्ने,स्वतन्त्र सञ्चालकको नियुक्ती गर्ने प्रस्ताव पारित गर्नेछ ।

प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, स्वतन्त्र सञ्चालन नियुक्ती प्रकृयालाई अनुमोदन गर्ने कार्यक्रम समेत सभाका लागि तय भएको छ ।  सभा प्रयोजनका लागि बैंकले चैत ८ गतेदेखि २० गतेसम्म बुक क्लोज गरेको छ ।चैत ७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।

गत वर्ष भने बैंकले १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश सहित कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो । यस वर्ष गत वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको बैंकलाई राष्ट्र बैंकले उक्त लाभांश वितरणमा रोक लगाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *