उद्योग वाणिज्य महासंघले विराटनगरमा कृषि एक्स्पो आयोजना गर्ने

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा विराटनगरमा २७ भदौदेखि कृषि एक्स्पो सञ्चालन हुने भएको छ ।कोशी प्रदेशमा प्रादेशिक अर्थतन्त्रको एकतिहाई भन्दा बढि हिस्सा ओट्ने कृषिजन्य उत्पादनको प्रवद्र्धन र विस्तारको सम्भावनालाई मध्येनजर गर्दै यसको उत्पादन वृद्धि, बजारीकरण, मूल्य अभिवृद्धिको विकास गरी रोजगारी सिर्जनाका साथै राष्ट्रिय अर्थतन्त्रको विस्तारमा सघाउ पुर्याउने उद्देश्यले उक्त एक्स्पो आयोजना हुन लागेको हो ।

३० भदौसम्म सञ्चालन हुने एक्स्पोको तयारी पूरा भएको महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले जानकारी दिए । उनका अनुसार एक्स्पोमा १३० वटा स्टल रहने छ । एक्स्पोमा भारतको कोलकत्ता र बिहारका २० वटा कृषिका स्टलहरू रहने उनले बताए ।

एक्स्पो अवधिभर कृषि, पशुपन्छी, कस्टम हाइरिङ, क्लाइमेट चेन्ज, जैविक मल तथा विषादी बनाउने र प्रयोग विधि लगायत विषयमा नेपाल र भारतका विज्ञ सहभगितामा सम्वाद हुनेछ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *