काठमाडौं। आज सेयर बजार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १३.०९ अंकले घटेर २६३२.९४ को विन्दुमा झरेको छ।
आज ३२८ कम्पनिको कारोबार हुदा एक करोड ९० लाख ७७ हजार ५८३ कित्ता सेयर ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार ४२१ रुपैयाँकोको सेयर कारोबार भएको छ । नेप्सेका अनुसार आज मानुषी लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किमको मुल्य सबैभन्दा बढी ८.८२ प्रतिशतले घटेको छ ।
आज सबैभन्दा बढी हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्टको सबै भन्दा बढी २९ करोड ८१ लाख ५४ हजार ७७ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्टको नै सबैभन्दा बढी १६ लाख ६४ हजार ८५ कित्ता शेयर कारोबार भएको छ ।
आज उच्च किनबेच गर्ने कम्पनीहरु यस्ता छन्
एचआईडीसीएलपी २९ करोड ८१ लाख रुपैयाँ,हिमालयन रिइन्स्योरेन्स २१ करोड ७६ लाख रुपैयाँ,सीईडीबी हाइड्रोपावर २० करोड ३४ लाख रुपैयाँ,एनएलजी इन्स्योरेन्स १९ करोड ४२ लाख रुपैयाँ,अपी पावर १६ करोड २० लाख रुपैयाँ,एक्सेल डेभलपमेन्ट बैंक १५ करोड ६३ लाख रुपैयाँ,गुडविल फाइनान्स १३ करोड ८१ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावर १२ करोड ५२ लाख रुपैयाँ,नेपाल फाइनान्स १२ करोड ४२ लाख रुपैयाँ,शिवम सिमेन्ट ११ करोड ३७ लाख रुपैयाँको सर्वाधिक कारोबार भएकाे छ।






