चितवनमा सनि सेक्यूरिटिजद्वारा आयोजित सेयर बजार तालिम सम्पन्न

सनि सेक्यूरिटिजद्वारा आयोजित सेयर तालिम सम्पन्न भएको छ । साइन्टिफिक लर्निङ्ग सेन्टरको सहकार्य र भ्यालि स्टेट कलेजको समन्वय चितवनको तारा पुञ्ज रिसोर्टमा आधारभूत सेयर तालिम सम्पन्न भएको हो ।  तालिममा १४४ जनाको सहभागिता रहेको थियो।

कार्यक्रम विशेष गरी नयाँ लगानीकर्ता तथा सेयर बजारमा भविष्य खोज्ने युवाहरूका लागि धरै प्रभावकारी भएको कार्यक्रममा सहभागी एक लगानीकर्ताले जानकारी दिँदै आयोजक संस्थालाई धन्यवाद व्यक्त गरे ।

साइन्टिफिक विजनेश हवका प्रमुख कार्यकारी अधिकृत तथा तालिमका प्रशिक्षक उत्सव ढकालले युवाहरूको आर्थिक र वित्तीय क्षत्रसँग सम्बन्धित क्षमता अभिवृद्धि गर्ने र युवाहरूलाई सानै उमेरदेखि आर्थिक रूपमा सचेत गरी आवश्यक क्षमता अभिवृद्धि गर्ने जनाएका छन् ।

सेयर बजारको आधारभूत ज्ञान नहुँदा लगानीकर्ताले ठुलो जोखिम मोल्नु परेको अहिलेको अवस्थामा शेयर बजारको आधारभूत ज्ञान सहितका यस्ता कार्यक्रमहरू पुँजी बजारको दीर्घकालीन विकास तथा विस्तारमा समेत सहयोगी हुने उनले जानकारी दिएका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *