निर्जीवन बीमा कम्पनीको व्यापार ४ अर्ब बढी, कुन कम्पनीको कति ?

काठमाडौं। चालू आर्थिक वर्षको पहिलो महिना साउनमा निर्जीवन बीमा कम्पनीहरूले ४ अर्ब माथि कुल बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरुले एक महिनामा २ लाख २१ हजार ७१ वटा बीमा पोलिसी विक्री गरी ४ अर्ब २६ करोड रुपैयाँ कुल बीमाशुल्क संलन गरेका हुन् ।

सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्सले बीमाशुल्क आर्जन गरेको छ। कम्पनीले उक्त अवधिमा ६३ करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

त्यस्तै दोस्रो स्थानमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स छ । कम्पनीले उक्त अवधिमा ४५ करोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । तेस्रो स्थानमा शिखर इन्स्योरेन्स कम्पनी छ। कम्पनीले ३६ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। कम्पनीले निर्जीवन बीमा क्षेत्रको कुल बीमाशुल्कमा १०.६४ प्रतिशत हिस्सा ओगटेको छ ।

यसैगरी, हिमालयन एभरेष्टले ३२ करोड ६० लाख, नेको इन्स्योरेन्सले ३१ करोड ८८ लाख रुपैयाँ,आइजिआई प्रुडेन्सियलले ३० करोड ६२ लाख, ओरिएण्टल इन्स्योरेन्सले २९ करोड १० लाख,नेपाल इन्स्योरेन्सले २८ करोड ८६ लाख कुल बीमाशुल्क आर्जन गरेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *