सेयर बजारमा उछाल, १२७.३२ अंकले बढेको बजारमा १३ अर्ब १० करोड माथिको कारोबार

काठमाडौं। आज सेयर बजारमा उछाल आएको छ । नेप्से परिसूचक १२७.३२ अंकले बढेर २८३२.२५ को विन्दुमा कायम भएको छ ।

आज ३३५ कम्पनीको ३ करोड १४ लाख ३० हजार ४८ कित्ता सेयर किनबेच हुँदा १३ अर्ब १० करोड ४६ लाख रुपैयाँको सेयर कारोबार भएको छ। आज २३९ कम्पनीको सेयर मूल्य बढेको छ भने ५ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै गुडविल फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ४६ करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । अपि पावरको ४१ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ३३ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै ७ कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज नेशनल हाइड्रोपावर, वेष्ट फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, एनएलजी इन्स्योरेन्स, रिलायन्स फाइनान्स र सुपरमाई हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज उच्च किनबेच गर्ने कम्पनीहरु यस्ता छन्

आज सबैभन्दा धेरै लक्ष्मी उन्नती कोषका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ४.७१ प्रतिशतका दरले गुमाएका हुन् ।

गुडविल फाइनान्स ४६ करोड ५२ लाख रुपैयाँ,अपी पावर ४१ करोड ८८ लाख रुपैयाँ,हिमालयन रिइन्स्योरेन्स ३३ करोड १३ लाख रुपैयाँ,अरुण भ्याली हाइड्रोपावर २४ करोड ३२ लाख रुपैयाँ
नेपाल फाइनान्स २३ करोड ८८ लाख रुपैयाँ,सीईडीबी हाइड्रोपावर २२ करोड ९० लाख रुपैयाँ,सानिमा माई हाइड्रोपावर २२ करोड २४ लाख रुपैयाँ,राधी विद्युत २२ करोड ३ लाख रुपैयाँ
एचआईडीसीएल २२ करोड १ लाख रुपैयाँ,शिवम सिमेन्ट २० करोड ५५ लाख रुपैयाँको सर्वाधिक कारोबार भएकाे छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *