सभापति देउवा भन्छन् – म अहिल्यै प्रधानमन्त्री पद छोड्दिन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री विश्वप्रकाश शर्मालाई कसैले छोड् भन्दैमा आफूले प्रधानमन्त्री पद नछाड्ने जवाफ दिएका छन् ।

पार्टीको जारी केन्द्रीय समिति बैठकमा बोल्दै देउवाले यस्तो कुरा बताएका हुन् । यसअघि बैठकमा बोल्दै महामन्त्री शर्माले ‘अब तपाईँ प्रधानमन्त्री बन्नुहुन्न, त्याग गर्नुपर्छ’ भनेका थिए ।

देउवाले त्यसको जवाफ दिएका हुन् । ‘तपाईँले छोड् भन्नुभयो, ठिक छ त्यो तपाईंको विचार हो, तर कसैले छोड् भन्दैमा मैले छोड्नुपर्छ भन्ने छैन । म अहिल्यै छोड्दिन‚’ देउवाले भने ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *