अर्थमन्त्रीले उद्घाटन गरे नाडा अटो शो, सरकारले सहयोग नगरेको अध्यक्ष चौधरीको गुनासो

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको आयोजनामा आजदेखि सञ्चालित ‘नाडा अटो शो २०२४’ को उद्घाटन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरेका छन् । नाडाले आयोजना गरेको यो १६औं संस्करण हो ।

कार्यक्रमको सुरुवातमा स्वागत मन्तव्य राख्दै नाडाका अध्यक्ष करण चौधरीले नाडा अटो शो अटो व्यवसायीहरुको दशैं भएको बताए । अटो मोबाइल्स व्यवसायमा ठूलो चुनौती रहेको भन्दै उनले नेपालमा बसेर व्यावसाय गर्ने वातावरण तयार गरिदिनु पर्ने बताए । उनले १ खर्ब बढी लगानी रहेको अटो क्षेत्रलाई सरकारले सहयोग नगरेको गुनासो गरे ।

१६ गतेसम्म सञ्चालन हुने शोमा बीमा कम्पनी ,सवारी साधन, पार्ट पुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको प्रदर्शनी हुने छ ।

उनले मौद्रिक नीतिमा पनि नेपाल राष्ट्र बैंकले अटो व्यवसायलाई समेट्ने प्रयास नगरेको बताए । साथै उनले अटो क्षेत्रले मुलुकको अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण भुमिका खेलेको पनि बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *