इसेवा मनी ट्रान्सफरद्वारा रेमिट पर्व सार्वजनिक

काठमाडौं । डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्स्फरले रक्षाबन्धन, बुवाको मुख हेर्ने दिन तथा हरितालिका तीजको अवसरमा ‘रेमिट पर्व’ सुरु गरेको छ ।

‘रेमिट पर्व’ योजना श्रावण ३० देखि एक महिनासम्म सञ्चालन हुनेछ । हरेक हप्ता एक भाग्यशाली विजेतालाई रु २५,००० प्रदान गरिने कम्पनीले जनाएको छ ।

यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले विदेशबाट आफ्ना प्रियजनहरूको इसेवा वालेटमा प्रति कारोबार न्यूनतम रु १०,००० बराबरको रेमिट पठाउनु पर्ने नियम बनाइएको छ ।

ईसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत अजेश कोईरालाले भने ‘रक्षाबन्धन, बुवाको मुख हेर्ने दिन तथा हरितालिका तीजको विशेष अवसरमा हामीले ‘रेमिट पर्व’ सुरु गरेका छौं, जसको उद्देश्य परिवारहरूलाई नजिक ल्याई तपाईंहरूको माया अझ गाढा बनाउँदै लैजानु हो ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *