काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवको असार मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २६ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको खुद नाफा ३८.७५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले १९ करोड ३८ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीले समीक्षा अवधिसम्म २ अर्ब ९६ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधकिो तुलनामा १०२.८३ प्रतिशतले धेरै हो । कम्पनीले अघिल्लो आवमा १ अर्ब ४६ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीको अन्य प्रत्यक्ष आम्दानी १ करोड ९४ लाख ,लगानी तथा कर्जा आम्दानी ८४ करोड १७ लाख र बीमितलाई प्रदान गरिएको कर्जाबाट ४ करोड २६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ ।
यस्तै कम्पनीको अन्य आम्दानी ९ लाख १५ हजार रुपैयाँ रहेको छ । कम्पनीको कुल आम्दानी ३ अर्ब ८९ करोड रुपैयाँ रहेको छ । कम्पनीको २ अर्ब ७८ करोड रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको छ ।
कम्पनीले ३ अर्ब ६२ करोड रुपैयाँ बराबरको कुल खर्च गरेको छ । कम्पनीको महाविपत्ती कोषको आकार ८ करोड ७६ लाख र रिटेन्ड अर्निङ ५५ करोड ७५ लाख रुपैयाँबराबर रहेको छ ।
कम्पनीको चुक्तापूँजी ४ अर्ब २९ करोड रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) घटेको छ । कम्पनीको ईपीएस १२.२९ रुपैयाँबाट घटेर ८.२५ रुपैयाँ कायम भएको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १२३.३५ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३५७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६१.३१ गुणा कायम भएको छ ।
अर्थ सन्जाल