सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र रिभर फल्स पावर लिमिटेडले आईपीओ विक्रीको अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले सिवाईसी नेपाल लघुवित्तलाई चैत ९ गते र रिभर फल्स पावरलाई चैत १० गते आईपीओ विक्रीको अनुमति दिएको हो ।
बोर्डको स्वीकृति पाएसँगै सिवाईसी नेपाल लघुवित्तले अव ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता र रिभर फल्स पावरले ३४ करोड ३० हजार रुपैयाँ बराबरको ३४ लाख ३० हजार कित्ता आईपीओ विक्री गर्नेछ ।
रिभर फल्ल पावरले आयोजना प्रभावित स्थानिय सहित सर्वसाधारणमा ४९ प्रतिशत शेयर विक्री गर्नेछ भने सिवाईसी नेपाल लघुवित्तले सर्वसाधारणमा ३२ दशमलव ५० प्रतिशत शेयर विक्री गर्ने ।
Artha Sanjal






