प्राइम कमर्सियल बैंकको १२ लाख ४१ हजार कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक सेयर लिलामी बिक्रीमा राखेको छ ।

बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १२ लाख ४१ हजार ११ कित्ता संस्थापक सेयर आजदेखि बोलकबोलमार्फत बिक्रीमा राखेको हो ।सेयरको न्यूनतम मूल्य ११५ रुपैयाँ तोकिएको छ ।

यो सेयरका खरिदका लागि जो कोही व्यक्ति, संघसंस्था वा कम्पनीले बोलपत्र आवेदन पेस गर्न सक्नेछन् ।इच्छुक लगानीकर्ताले सेयर खरिदका लागि आगामी जेठ ३१ गतेभित्र बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको ठमेलस्थित कार्यालयमा आवेदन दिनुपर्नेछ ।

गोप्य शिलबन्दी आवेदन पेस गर्दा आफूले खरिद गर्न चाहेको सेयर संख्या र दरभाउ उल्लेख गर्नुपर्नेछ ।लगानीकर्ताले न्यूनतम २ लाख कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेस गर्न सक्नेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *