स्वास्थ्य बीमा कार्यक्रममा थप १२ अस्पताल आबद्ध

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले थप १२ वटा अस्पताललाई स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत स्वास्थ्य सेवाका लागि सूचिकृत गरेको छ । बोर्डले सो अन्तर्गत १० वटा मेडिकल कलेज र २ वटा आँखा अस्पताललाई सेवाका लागि सूचिकृत गराएको हो ।

बोर्डले यी अस्पतालहरुलाई आगामी आर्थिक वर्ष २०८१/ ८२ बाट लागु हुनेगरी स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सेवा प्रदान गर्न स्वीकृति दिएको बोर्डले जनाएको छ ।

बोर्डले आर्थिक वर्ष २०८१/ ८२ बाट लागु हुनेगरी सेवा प्रदान गर्न स्वीकृति दिएको थप १२ वटा अस्पतालहरुमा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल बिराटनगर, देवदह मेडिकल कलेज खैरनी रुपन्देही,बिराट मेडिकल कलेज शिक्षण अस्पताल बिराटनगर, नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटी, काठमाडौं मेडिकल कलेज टिचिङ हस्पिटल सिनामंगल, बीएण्डसी मेडिकल कलेज शिक्षण अस्पताल झापा, किष्ट मेडिकल कलेज टिचिङ हस्पिटल ग्वार्को, नेपालगञ्ज मेडिकल कलेज बाँके चितवन मेडिकल कलेज शिक्षण अस्पताल भरतपुर र मनमोहन मेडिकल कलेज शिक्षण अस्पताल सितापाइला रहेका छन् ।

त्यसैगरी आँखा अस्पतालहरुमा दृष्टि आइ अस्पताल पोखरा र दिव्यज्योति आइ केयर झापा रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *