काठमाडौं । वाणिज्य बैंक विकास बैंक र फाइनान्स कम्पनीका संचालक एवम् कार्यकारी प्रमुख (सिइओ) का विरुद्ध नेपाल राष्ट्र बैंकमा उजुरी दर्ता भएको छ ।
७ वाणिज्य बैंक १ विकास बैंक र एक फाइनान्स कम्पनीका सिइओलाई पदमुक्त गर्नुपर्ने माग गर्दै नेपाल रास्ट्रबैंकमा उजुरी परेको हो।
अधिवक्ता मधुकुमार चौलागाईंले उनीहरू पदमा रहन अयोग्य रहेकोले पदमुक्त गरिनुपर्ने माग गर्दै यही जेठ १४ गते उजुरी दर्ता गराएका हुन् ।
नेपाल राष्ट्र बैंकको ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ को दफा १८,१९ र २९ बमोजिम अयोग्य भइसकेको र उनीहरुमाथि कारबाही गरिसकेकाले पदमा रहन नसक्ने उजुरीमा उल्लेख छ।
जसमा प्रभु बैंक लिमिटेडका सिइओ अशोक शेरचन , ग्लोबल आईएमइ बैंक लिमिटेडका सिईओ सुमन पोखरेल, हिमालयन बैंक लिमिटेडका सिईओ अशोक राणा , नबिल बैंक लिमिटेडका सिइओ ज्ञानेन्द्र ढुङ्गाना ,एनआईसी एसिया बैंकका सिइओ रोशन कुमार न्यौपाने ,कुमारी बैंक लिमिटेडका सिइओ रामचन्द्र खनाल, प्राईम कमर्सियल बैंकका सिइओ सन्जिव मानन्धर , गरिमा बिकास बैंकका सिईको गोविन्द ढकाल र रिलायन्स फाईनान्स लिमिटेडका सिईओ प्रकाश श्रेष्ठ रहेका छन् ।
नियम उल्लङ्घन गरेको भन्दै नेपाल राष्ट्र बैंकले उल्लेखित सिइओ तथा संचालकलाई सचेत गराउनेदेखि नसिहत दिनेसम्मको कारबाही गरेको थियो ।
यस्तो छ उजुरी








