भिजन इनर्जी एण्ड पावर लिमिटेडले आइपीओ निष्काशन गर्दै

काठमाडौं । भिजन इनर्जी एण्ड पावर लिमिटेडले आगामी जेठ ३२ गते विशेष साधारण सभा गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने प्रस्ताव सहित सभा बोलाएको हो । गत बैशाख ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । सभा भर्चुअल माध्यमबाट अपरान्ह ३ बजेदेखि शुरु हुने कम्पनीले जनाएको छ ।

सभाले कम्पनीको अधिकृत र जारी पूँजी बृद्धि गर्ने, कम्पनीको प्रबन्ध पत्रको दफा ६ संशोधन गर्ने, कम्पनीको जारी पूँजीको १५ प्रतिशतले हुन आउने रकमको आइपीओ जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन आइपीओ जारी गर्ने क्रममा नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन थपघट परिवर्तनको निर्देशन भएमा सोहि बमोजिम थपघट, परिवर्तन वा संशोधन गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *