पान नम्बर नलिइ कर नतिरेकालाई लाग्ने करमा शुल्क र ब्याजमा छुट

काठमाडाैं । पान नम्बर नलिइ कर नतिरेकालाई लाग्ने करमा शुल्क र ब्याज छुट हुने भएको छ। सरकारले आर्थिक विधयेकमार्फत पान नम्बर नलिई कर नतिरेका व्यक्तिलाई यस्तो छुट दिने व्यवस्था गरेको हो।

कुनै व्यक्तिले पान नम्बर नलिई आयआर्जन गरेको भए २०८१ फागुनसम्म विवरण बुझाउन भनिएको छ। आर्थिक वर्ष २०७८/७९ र आर्थिक वर्ष २०७९/८० को आय विवरण सहित तोकिएको समयमा विवरण बुझाएमा शूल्क र ब्याज मिलाई भए सो भन्दा अगाडिका बर्षको आय विवरण, कर, शूल्क र पान बुझाउन नपर्ने व्यवस्था बजेटले गरेको हो।

त्यस्तै पान नम्बर लिएर विवरण नबुझाउनेलाई पनि छुटको व्यवस्था गरिएको छ। फागुन मसान्तसम्म आय विवरण बझाउन समय दिइएको छ। तोकिएको समयमा विवरण बुझाए आयकर पूरा ७५ प्रतिशत ब्याज मिनाहा र शुल्क पूरै मिनाहा हुने भएको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *