१९ प्रहरी सम्पर्कविहीन,सात दिनभित्र सम्पर्कमा आउन आग्रह

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन रहेका १९ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।कार्यालयले आज एक सूचना जारी गर्दै हाजिर हुन नआएका १९ प्रहरी कर्मचारीलाई सम्पर्कमा आउन आग्रह गरेको हो ।

आफूखुसी गैर हाजिर रहेको र खोजतलास गराउँदा तथा प्रहरी नियमावली २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत उनीहरू कार्यालयको सम्पर्कमा नआएको कार्यालयले जनाएको छ।

सूचना प्रकाशित भएको सात दिनभित्र आफू गैर हाजिर हुनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित हाजिर हुन आउन कार्यालयले निर्देशन दिएको छ। उपस्थित नभएमा उनीहरूलाई सेवाबाट बर्खास्त गरिने कार्यालयले जनाएको छ।

उनीहरूलाई बाटोको म्यादबाहेक सात दिनभित्र आफू गैर हाजिर हुनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित हाजिर हुन आउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *