नेपाल इन्भेष्टमेन्ट मेगा बैंक साढे १ लाखबढी कित्ता सेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा ल्याएको छ । बैंकले ६ जना संस्थापक सेयरधनीको नाममा रहेको रहेको १ लाख ६८ हजार १९१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

यो सेयर बैंकका इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर शाखा लाजिम्पाटमा के–कति दरमा खरिद गर्ने हो उल्लेख गरी आवेदन दिनुपर्नेछ।

तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघसंस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *