सेयर बजार झिनो अकंले बढ्दा ४ अर्बको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार झिनो अकंले बढेको छ। नेप्से परिसूचक ०.७९ अंकले बढेर २०१८.७६ को विन्दुमा बन्द भएको हो।

आज ३१५ कम्पनीको ८२ लाख ८२ हजार ५५६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २३ करोड ३८ लाख रुपैयाँको सेयर काारेबार भएको छ । आज १०३ कम्पनीको सेयर मुल्य बढेको छ भने १३९ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै हिमालयन लघुवित्त वित्तीय संस्था, जाल्पा लघुवित्त वित्तीय संस्था र सृजनशिल लघुवित्तका लगानीकर्ताले कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.९४ प्रतिशतका दरले कमाएका छन् । सिइडिबी हाइड्रोका लगानीकर्ताले पनि ९ प्रतिशतका दरले कमाएको छन् ।

सीईडीबी हाइड्रोपावरको सार्वाधिक कारोबार भएको छ। आज यस कम्पनीको ४३ करोड ९० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

सीईडीबी हाइड्रोपावर ४३ करोड ९० लाख रुपैयाँ,पोखरा फाइनान्सः ११ करोड ८७ लाख रुपैयाँ,पिपुल्स पावरः ७ करोड ७२ लाख रुपैयाँ,हिमालयन लघुवित्तः ७ करोड २८ लाख रुपैयाँ,जीवन विकास लघुवित्तः ७ करोड १३ लाख रुपैयाँ,नेपाल फाइनान्सः ६ करोड १९ लाख रुपैयाँ,माण्डु हाइड्रोपावरः ६ करोड १३ लाख रुपैयाँ,उन्नति सहकार्य लघुवित्तः ६ करोड ११ लाख रुपैयाँ,गोर्खाज फाइनान्सः ५ करोड ७१ लाख रुपैयाँ,एक्सेल डेभलपमेन्ट बैंकः ५ करोड ६३ लाख रुपैयाँको सार्वाधिक कारोबार भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *