एसबीआई बैंकका ग्राहकलाई स्काईवाक टिकटमा २० प्रतिशतसम्म छुट

काठामाडौं । नेपाल एसबिआई बैंक र वन्डर्स नेपालबीच बैंकका ग्राहकलाई स्काईवाक टिकटमा २० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ । बैंकले सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी स्काईवाक टिकटमा २० प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो ।

सम्झौतामा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कूमार र वन्डर्स नेपाल प्रा.लि का प्रमुख कार्यकारी अधिकृत कविन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

उक्त सम्झौता बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत श्री दीपक कूमार दे, प्रमूख संचालन अधिकृत  यादवेंद्र कांत, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत  रितेश अर्याल, बागमति प्रदेशका प्रमुख श्री बिनोद कुमार ढुंगेल र बैंक तथा वन्डर्स नेपाल प्रा. लि.का अन्य वरिष्ठ अधिकारीहरूको उपस्थितिमा सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *