कृषिमा ‘लगानी दशक’ घोषणा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को दशकलाई कृषिमा लगानीको दशक घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍मा पेस गरेको सरकारको नीति तथा कार्यक्रम मार्फत आगामी आव कृषि क्षेत्रको उत्पादन, उत्पादकत्व र बजारीकरणलाई जोड दिने भन्दै कृषि ‘इकोसिस्टम’ सुधार कार्ययोजना कार्यान्वयन गर्ने बताएका हुन् ।

कृषि, पशु र वनको अन्तरसम्बन्ध स्पष्ट हुने गरी भूउपयोगमा आधारित कृषि प्रणाली विकास गर्ने सरकारले घोषणा गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *