मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंक बढेको छ। यस दिन सो सेसनमा १.८१ अंक बढेर २०००.७० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.९९ अंक बढेको छ।
मंगलबार प्रि ओपन सेसनमा ५३ स्टकको १४ लाख २ हजार ७८७ रुपैयाँ ३० पैसाबराबरको ३ हजार ५१७ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये २३ स्टकको मूल्य बढेको छ भने २९ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।
Artha Sanjal






