काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ७०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार ७५० रुपैयाँमा कारोबार भैइरहेको छ ।
यसअघि सोमबार सुन तोलामा १ लाख ३८ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३७ हजार ४५० रुपैयाँ थियो ।
त्यसैगरी आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको तोलामा २५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा १७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।