हिमालयन रि इन्स्योरेन्सको खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि बढ्यो

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ९३ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ४६ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जुन गत आवको सोहि अवधिको तुलनामा ५०.१३ प्रतिशतले बढी हो ।

कम्पनीको खुद बीमाशुल्क आर्जन पनि १२३.९५ प्रतिशतले बढेर ३ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म यो रकम १ अर्ब ५५ करोड ८७ लाख रुपैयाँमा सीमित थियो ।

कम्पनीको खर्च पनि बढेको छ । कम्पनीको कुल खर्च ८८.८१ प्रतिशतले बढ्दै २ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । कम्पनीले यो अवधिसम्म १ अर्ब ६० करोड २५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ९४.६० प्रतिशतले बढी हो ।

कम्पनीले ४ अर्ब २७ करोड रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ९०.५८ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ४ करोड ६९ लाख रुपैयाँ रहेको महाविपत्ती कोषको आका्र बढेर ९ करोड ३४ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै कम्पनीको रिटेन्ड अर्निङको आकार पनि ४२ करोड ७६ लाखबाट बढेर ७७ करोड ५० लाख रुपैयाँ पुगेको छ । रिजर्भको आकार पनि ४५ करोड ५५ लाखबाट बढेर ९२ करोड ११ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)मा पनि सुधार भएको छ । कम्पनीको ईपीएस ८.८४ रुपैयाँबाट बढेर १२.४१ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १४९.९७ रुपैयाँ र पीई अनुपात ४९.१५ गुणा छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *