काठमाडौंका यी क्षेत्रमा भोलिदेखि ६ दिनसम्म दैनिक ४ घण्टा बत्ती जाने

काठमाडौँ । काठमाडौंका केही स्थानमा भोलि (आइतबार) देखि ६ दिनसम्म दैनिक चारघण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ।

विद्युत् प्राधिकरणका अनुसार विद्युत् वितरण लाइन भूमिगत गर्ने कार्यका लागि भोलिदेखि यही वैशाख २८ गतेसम्म विद्युत् कटौती गर्न लागिएको हो।

कुशेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्र अन्तर्गतका लाइनमा विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

६ दिनसम्म दैनिक बिहान ११ बजे देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिशरणको भनाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *