


काठमाडौँ । एभरेष्ट बैंकका विद्युतिय भुक्तानी उपकरणहरु अवरुद्ध हुने भएका छन् । कम्पनीले एक सूचना जारी गर्दै बैशाख २१ गते राति ११ः४५ बजेदेखि बैशाख २२ गते बिहान १ः१५ बजेसम्म विद्युतीय भुक्तानी उपकरण अवरुद्ध हुने भएका हुन् ।
बैंकले सिस्टमको डिआर गर्न लागेकाले विद्युतीय सेवाहरु डेबिट कार्ड, मोबाइल बैंकिङ्गबाट हुने कारोबारका साथै एटिएम र पिओएस सेवा अवरुद्ध हुने बैंकले जनाएको छ ।
त्यस्तै, यस समयमा आवश्यक कारोबारको लागि बैंकको क्रेडिट कार्ड, प्रिपेड कार्ड र डलर कार्ड सेवा यथावत रुपमा संचालन रहने बैंकले जनाएको छ ।
Artha Sanjal

अर्थ सन्जाल