नेपालमा प्रोटोन गाडीहरुको एकमात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले पहिलो र उत्कृष्ट ‘बिशेष ०.९९ प्रतिशत’ योजना ग्राहक समक्ष प्रस्तुत गरेको छ । बिशेष ०.९९ प्रतिशत ब्याजदर योजनाका साथै अन्य थुप्रै ब्याजदरको विकल्प समेत यस योजनामा समावेश गरिएको छ । यो योजना यहि २४ असोज गते बाट सुरु भएर चाडपर्वको मौसम जारि रहुन्जेलसम्म निरन्तर रहने कम्पनीले जनाएको छ ।
नेपालमा बैंकको ब्याजदरमा उतारचढाव भैरहेको अवस्थामा पनि यस योजना अन्तर्गत ग्राहकले प्रोटोनको सागा र एक्स७० मात्र ०.९९ प्रतिशत ब्याजदरमा फाइनेन्सिङ्ग गरेर खरिद गर्न सक्नेछन् । उचित कागजपत्र बुझाको ४८ घण्टामै ग्राहकहरुले आफुले रोजेको प्रोटोन गाडी खरिद गर्न सक्ने कम्पनीले उल्लेख गरेको छ ।
यस प्रोटोन बिशेष योजना बाहेक ग्राहकहरुले अन्य आकर्षक २.९९ प्रतिशत, ५.९९ प्रतिशत, ८.९९ प्रतिशत र ११ प्रतिशत ब्याजदरमा पनि फानेन्सिङ्गको योजनाहरु पाउन सक्नेछन् जस अन्तर्गत ब्याज अनुसारको किस्ताबन्दीको सुबिधा पनि रहेको छ । यी योजनाहरु सिमित अवधिका लागि मात्र लागु हुनेछन् । किस्तावन्दीमा सवारी खरिद गर्नका लागि शंकर ग्रुप अन्तर्गतको जगदम्बा क्रेडिट एण्ड इन्भेस्टमेन्ट प्रालिले इन-हाउस फ़ाइनेन्सिङ्गको सुविधा प्रदान गर्दै आइरहेको छ ।
विशेष ०.९९ प्रतिशत अफर समायोजन नगरी प्रोटोन सागाको सुरुवाती मूल्य ३७ लाख ९९ हजार राखिएको छ भने प्रोटोन एक्स७०को सुरुवाती मुल्य ८६ लाख ९९ हजार तोकिएको छ भने यस योजना प्रोटोनका काठमाडौं, पोखरा र बुटवलमा रहेका सोरुममा लागु हुनेछ ।
प्रोटोन अटोमोबाइल कम्पनी छोटो समयमा प्रसिद्धि कमाउन सफल मलेशियाको राष्ट्रिय अटोमोबाइल कम्पनी रहेको छ जसले १९८५मा प्रोटोन सागाकै रुपमा आफ्नो प्रथम गाडी बजारमा ल्याएको थियो । त्यसपश्चात एकपछि अर्को गर्दै विभिन्न नयाँ मोडलहरु स्वदेशी तथा विदेशी बजारमा विक्री–वितरण गर्दै सफलता हाँसिल गरेको प्रोटोनका गाडीहरु हाल संसारका ७० भन्दा धेरै मुलुकहरुमा देख्न सकिन्छन भने यसका लगभग ४.४ मिलियन प्रयोगकर्ता रहेको कम्पनीले दावी गरेको छ ।