‘सिधाकुरा’ विरुद्ध सर्वोच्चमा मुद्दा दायर, न्यायपालिकाको छविमा आँच पुगेको दाबी

काठमाडौं । सिधाकुरा अनलाइन तथा युट्युब च्यानलको टिमलाई अदालतको अवहेलना मुद्दामा कारबाही गर्न माग गर्दै सर्वोच्च प्रशासनले प्रतिवेदन उठाएको छ। यसै प्रतिवेदनका आधारमा अवहेलना मुद्दा अघि बढ्ने भएको छ।

सिधा कुरा डटकमा युवराज कँडेल, नविन ढुंगानासहितविरुद्ध मानहानीको कसूरमा कारबाही माग गरिएको छ ।

सामाजिक सञ्जालबाट शृङ्खलाबद्ध रूपमा अपलोड गरी प्रसारित ‘चारसय बढी भ्रष्टाचारका मुद्दा डिसमिस गराउने सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको स्ट्रिङ्ग अपरेसन’ शीर्षक राखी प्रसारित सामग्री कपोलकल्पित भ्रामक तथा नियोजित भएको दाबी  गरिएको छ ।

‘ उक्त सामाग्रीले नेपालको संविधानको धारा १२८ ( ४ ), न्याय प्रशासन ऐन, २०७३ को दफा १७(१) बमोजिम न्याय सम्पादनको कार्यमा अवरोध सिर्जना गरी अदालतको अवहेलना गरेको तथा स्वतन्त्र न्यायपालिकाप्रतिको जनआस्थामा गम्भीर आँच पुर्‍याएकोले सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ५९ (३) बमोजिम प्रस्तुत प्रतिवेदन पेश गरेको छ,’ निवेदनमा भनिएको छ ।

प्रतिवेदनमा सिधाकुरा अनलाइन तथा युट्युब च्यानलबाट  सामग्री तत्काल हटाउन आदेश दिनुपर्ने माग गरिएको छ।

त्यस्तै राज्यका अन्य निकायलाई अनुसन्धान गर्न आदेश दिई नियमित प्रगति विवरण माग गर्नुपर्ने पनि उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ। उक्त सामग्रीले न्यायपालिकाको छवि र स्वतन्त्रता गम्भीर आँच पुगेको  प्रशासनको दाबी छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *