एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा अर्जुन राज खनिया नियुक्त

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडको सहायक महाप्रबन्धक तथा प्रमुख सूचना अधिकारी अर्जुन राज खनिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा भएका छन् ।

संस्थाको महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका खनियाको कार्यकुशलता र कार्यसम्पादन मूल्याकंन गर्दै बैंकले आज उक्त पदमा पदोन्नति गरेको हो।

नेपाल बैंक लिमिटेडमा आन्तरीक लेखापरीक्षकको रुपमा नायब प्रबन्धकमा नियुक्त भएर वाणिज्य बैंकको यात्रा सुरु गरेका खनिया सन् २०१०  मा तत्कालिन बैंक अफ एशिया नेपाल लिमिटेडमा शाखा प्रमुखको रुपमा नियुक्त भए ।

तत्पश्चात यस बैंकका विभिन्न विभाग तथा इकोसिस्टमहरुमा प्रमुखको रुपमा नेत्तृत्वदायी भुमीकामा रही बैंकको व्यवसायिक रणनीति निर्माण एवम् कार्यान्वयनमा अतुलनीय योगदान पुर्याएका  खनियाले हाल  बैंकको Strategic Performance Management Ecosystem/Experience Assurance Ecosystem प्रमुख, प्रमुख सूचना अधिकारी, प्रमुख गुनासो सुन्ने अधिकारीको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

बैंकको विभिन्न विभागहरु तथा इकोसिस्टमहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै बैंकको Transformational Journey मा अतुलनिय योगदान दिई महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गरेका खनियाले बैंकले प्रदान गरेको थप जिम्मेवारी अझै कुशलतापुर्वक निर्वाह गर्ने विस्वास बैंकले लिएको छ।

साथै खनियालाई प्रदान गरिएको थप जिम्मेवारीले बैंकलाई अझै उचाईमा पुर्याउने र उच्च व्यवसायिक सफलता प्राप्त गर्न  महत्त्वपूर्ण योगदान पुग्नेछ भन्नेमा बैंकले पूर्ण विश्वास लिएको छ ।

सन् २००४ देखि बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका खनियासंग बैंकका विभिन्न शाखाहरु, विभागहरु एवम् इकोसिस्टमहरुमा काम गरेको २० वर्ष भन्दा बढी लामो अनुभव रहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *