सुन तस्करी प्रकरणमा फरार जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी

काठमाडौं । ६० किलो सुनमा जोडिएका जीवन चलाउनेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’ बाट डिफ्युजन जारी गरिएको छ । सुन तस्करी मुद्दामा उनी फरार अभियुक्त हुन् ।

अछामको तुर्माखात गाउँपालिका घर भएका चलाउनेविरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी भएको सीआईबीका एआईजी श्यामलाल ज्ञवालीले बताए ।

प्रहरी महानिरीक्षकको नेतृत्वमा हुने इन्टरपोलको नेसनल कन्ट्रोल ब्युरो (एनसीबी), काठमाडौंले इन्टरपोल महासचिवालयलाई चलाउनेविरुद्ध डिफ्यूजन नोटिस जारी गर्न पत्राचार गरेका थियो ।

यो नोटिस जारी भएपछि इन्टरपोलका सदस्य राष्ट्र मुलुकहरुमा चलाउने भएको वा नभएको लोकेट हुनेछ, त्यसपछि उनलाई डिपोर्ट गराएर नेपाल ल्याउने प्रक्रिया थालिने प्रहरीले जनाएको छ ।

चलाउने तिब्बतीयन मुलका बेल्जियन नागरिक दावा छिरिङसँग निकट मानिन्छन् । दावासँग ‘कनेक्सन’ देखिएपछि जीवन चलाउनेलाई प्रहरीले महाराजगन्जस्थित केन्द्रीय अनुसन्धान ब्युरोको कार्यालयमा अनुसन्धानको लागि बोलाएको थियो । तर, ब्युरोका अधिकारीहरूले ‘बयान कागज’ गराएर उनलाई रिहा गरिदिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *