सीजी इलेक्ट्रोनिक्सका डिलरका प्रतिनिधिलाई थाइल्यान्ड भ्रमण

काठमाडौं । चौधरी ग्रुपअन्तर्गत सीजी इलेक्ट्रोनिक्सअन्तर्गत रहेका ब्राण्डहरूका डिलरका प्रतिनिधिलाई थाइल्याण्ड भ्रमण गराइएको छ ।

कम्पनीले एलजी, सीजी, ब्ल्याक प्लस डेकर, सेन्साई र बेकोका ३३ जना डिलरका प्रतिनिधिलाई पाँच दिन ६ रातको लागि थाइल्याण्डको भ्रमणको अवसर प्रदान गरेको हो ।

वर्षमा उत्कृष्ट व्यापार गरेका डिलरहरूलाई थाइल्यान्डको विभिन्न सहरहरू–कोरल आइल्यान्ड, अल्काजर सो, नगनच भिलेज्, जेम ग्यालरी, बिग बुद्ध टेम्पलका साथै बैंककमा पनि क्रुज डिनर, सफारी वल्ड, वोपन जू जस्ता आकर्षक स्थानहरूमा भ्रमण गराइ मनोरञ्जन प्रदान गरेको थियो । सीजीले वर्षैपिच्छे आफ्ना उत्कृष्ट डिलरहरूलाई विदेश भ्रमणको अवसर प्रदान गर्दै आएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *