एकैदिन तोलामा २२ सयले घट्यो सुनको मूल्य

काठमाडौं । आज सुनको मूल्य ह्वात्तै घटेको छ । आज सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ८ सयरुपैयाँ कायम भएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार १५० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि ५० रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *