सुनको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ?

काठमाडौँ। नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा २०० सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १ लाख ३६ हजार ६०० र तेजाबी सुन १ लाख ३५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन बुधबार छापावाल सुन १ लाख ३६ हजार ८०० र तेजाबी सुन १ लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

यता, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *