यी हुन् चिकित्सा शिक्षा जाँचबुझ आयोगले कारबाही सिफारिस गरेका ४३ जना उच्च पदस्थ अधिकारी

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोग– २०७४’ ’ले मन्त्रालयलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ ।

बुधबार सार्वजनिक प्रतिवेदन अनुसार ४३ जना उच्च पदस्थ अधिकारीमाथि कारबाहीको सिफारिस गरेको हो। उनीहरूले मेडिकल शिक्षामा देखिएका विकृति र विसङ्गतिलाई बढवा दिने वा अनियमित गरेको प्रतिवेदनले औँल्याएको छ।

नेपाल सरकारले ०७४ वैशाख ४ गते विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग, २०७४ गठन गरेको थियो । आयोगमा डा. उपेन्द्र देवकोटा सदस्य र शिक्षा मन्त्रालयका तत्कालीन सहसचिव सूर्यप्रसाद गौतम सदस्य सचिव थिए ।

आयोगले २०७४ माघमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाए पनि सार्वजनिक गरिएको थिएन ।

यस्तो छ तत्काल बर्खास्त गर्ने र भविष्यमा सरकारी र अर्ध सरकारी लाभको पदमा नियुक्ति नगर्न आयोगले सिफारिस गरेकाहरुको सूची :

१) तीर्थराज खनियाँ, उपकूलपति– त्रिभुवन विश्वविद्यालय

२) सुधा त्रिपाठी, रेक्टर– त्रिभुवन विश्वविद्यालय

३) डिल्ली उप्रेती, रजिष्ट्रार– त्रिभुवन विश्वविद्यालय

४) अधिवक्ता नारायण खनाल– कानूनी सल्लाहकार, त्रिभुवन विश्वविद्यालय

५) लोकमानसिंह कार्की, पूर्व प्रमुख आयुक्त–अख्तियार दूरुपयोग अनुसन्धान आयोग

६) हिराबहादुर महर्जन, पूर्व उपकूलपति– त्रिभुवन विश्वविद्यालय

७) डा निलमणि उपाध्याय, पूर्व रजिष्ट्रार–मेडिकल काउन्सिल

८) डा.प्रकाशराज न्यौपाने, पूर्व प्रमुख–भक्तपुर क्यान्सर अस्पताल

९) डा चीनबहादुर (सीबी) पुन, पूर्व कार्यकारी निर्देशक– वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर

१०) डा.बीपी दास (बलभद्र दास), पूर्व उपकूलपति–वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान

११) डा. दामोदरप्रसाद गजुरेल, पूर्व अध्यक्ष– नेपाल मेडिकल काउन्सिल

१२) प्रा.भरत झा

१३) प्रा.डा. गोविन्दप्रसाद शर्मा

१४) प्रा.डा. त्रिलोकपति थापा

१५) प्रा.डा. के बी. राउत

१६) डा. मनोहरप्रसाद गुप्ता

१७) चन्द्रलाल श्रेष्ठ

१८) हिरेन्द्रमान अमात्य

१९) डा.सि.डी. चावला

२०) प्रा. श्यामसुन्दर मल्ल

२१) प्रा.डा.पन्ना थापा

२२) प्रा.डा. रमेशप्रसाद सिंह

२३) डा. जगदीश चटौत

२४) प्रद्युम्न श्रेष्ठ

२५) डा.रमेश कुमार अधिकारी

२६) डा. रोहित श्रेष्ठ

२७) डा. ओजस्वी नेपाल

२८) प्रा.डा. करवीरनाथ योगी

२९) प्रा. डा. ज्योति शर्मा

३०) प्रा. डा.केशवप्रसाद सिंह

३१) प्रा.डा.प्रमोदकुमार श्रेष्ठ

३२) प्रा. डा.परशुराम मिश्र

३३) प्रा. डा.रामप्रसाद उप्रेती

३४) प्रल्हाद पन्त, त्रिवि

३५) डा.अनिल झा

३६) डा. शशी शर्मा

३७) डा. सरोज श्रेष्ठ

३८) ताराप्रसाद सापकोटा, डिन, कानून संकाय– त्रिभुवन विश्वविद्यालय

३९) रामप्रसाद खतिवडा, डिन, विज्ञान संकाय– त्रिभुवन विश्वविद्यालय

४०) राजेन्द्र पौडेल, त्रिवि कार्यकारी परिषद् सदस्य

४१) हरि पराजुली

४२) डा. रामकण्ठ माकाजु, उपकूलपति–काठमाडौं विश्वविद्यालय

४३) डा अंकुर साह, सदस्य, नेपाल मेडिकल काउन्सिल

Leave a Reply

Your email address will not be published. Required fields are marked *