काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा एक नेपाली महिलाको मृत्यु भएको छ । अर्घाखाँचीकी राधा न्यौपानेको मृत्यु भएको हो । अजमानस्थित चाइना मलको भवनमा कैलालीका नेत्रप्रसाद न्यौपानेसँग विवाद भएको थियो । राधा र न्यौपाने श्रीमान्–श्रीमती हुन् ।
नेत्रले राधासँग दोस्रो बिहे गरेका थिए । पहिलो बिहे उनले गुपचुप राखेको थाहा पाएपछि मदिरा पिएको बेला उनीहरूबीच विवाद भएको बताइएको छ । विवादकै क्रममा नेत्रले धकेल्दा यो घटना भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै गैरआवासिय नेपाली संघले जनाएको छ । घटनापछि श्रीमान् न्यौपाने फरार भएका छन् । उनको शव स्थानीय अस्पतालमा राखिएको छ ।
उनीहरु दुवै जनाको यूएईमा रेसिडेन्ट कार्ड भएको र यूएईमा काम गर्दै बस्दै आएको खुलेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)नेपाल एसोसिएसनका अध्यक्ष विकास शाहीले घटनाको पुष्टि गर्दै थप बुझ्ने काम भइरहेको बताए ।