राष्ट्र बैंक भन्छ– ब्याजदर र आम्दानीबीच तालमेल हुने गरी कर्जा कारोबार गर्नू

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ब्याजदर र आम्दानीबीच तालमेल हुने गरी मात्र कर्जाको कारोबार गर्न सुझाव दिएको छ। बैंकले आज एक सूचना जारी गर्दै यस्तो सुझाव दिएको हो। बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेका कर्जाहरुको अवधि निश्चित हुने तर ब्याजदर भने परिवर्तनीय वा स्थिर दुवै हुने भएकाले राष्ट्र बैंकले जनाएको छ ।

कर्जाको स्थिर ब्याजदर तोकिएको अवधिभर परिर्वतन गर्न नपाइने र परिवर्तनीय ब्याजदर आधार दरमा भएको परिवर्तनका आधारमा परिवर्तन हुन सक्ने बैंकले जनाएको छ । तर, प्रिमियम दरमा कुनै परिवर्तन गर्न नपाइने व्यहोरा भने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

नियमित रुपमा निश्चित आम्दानी गर्ने व्यक्तिका लागि स्थिर ब्याजदरले आम्दानी र खर्चबीच तालमेल मिलाउन सहयोग पुग्ने राष्ट्रबाट जारी सूचनामा उल्लेख छ । ग्राहकहरुले आफूले उपभोग गर्न लागेको कर्जामा लागू हुने प्रिमियम दर र ब्याजदर कस्तो प्रकारको भन्ने विषयमा स्पष्ट हुन् भनेको छ । त्यस्तै बैंकले कर्जामा लाग्ने शुल्कहरु के–कस्ता छन् भन्ने विषयमा पूर्ण जानकारी लिन समेत आवश्यक रहेकोले ग्राहकलाई सचेत गराएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *