मुक्तिनाथ विकास बैंकको सर्वाधिक ब्याजदर योजना, मासिक ब्याज भुक्तानी

मुक्तिनाथ विकास बैंकले उत्कृष्ट भविष्यको सुरुवात उत्कृष्ट बचत खाताको साथ भन्दै सर्वाधिक ब्याजदरको बचत खाता संचालनमा ल्याएको छ।

दुर्घटनाबाट निधन भएमा १० लाख रुपैयाँ तथा अशक्त बीमा सुविधासहित बैंकले साढे पाँच प्रतिशत मासिक ब्याज दिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यो खातामा ग्राहकले १० हजार रुपैयाँ मात्रै न्यूनतम मौज्दात राख्नुपर्ने बैंकले जनाएको छ।

बैंकले यो खाता खोल्ने ग्राहकलाई पहिलो वर्षको लागि निशुल्क डेविट कार्ड र हरेक वर्ष निशुल्क मोबाइल बैंकिङ तथा निशुल्क इन्टरनेट बैंकिङ सेवा दिने जनाएको छ।

बैंकले न्यूनतम लगानीमा उच्च प्रतिफल खोज्ने ग्राहकका लागि यो खाताले फाइदा पुग्ने जनाएको छ

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *