दिनहुँ आकाशिँदै सुनको मूल्य, तोलाको एक लाख ३५ हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आईतबार प्रतितोला २ हजार ९ सय रुपैयाँले सुनको मूल्य वृद्धि भएको हो ।

नेपाली सुनचाँदी व्यवसायीका अनुसार गत शुक्रबार प्रतितोला १ लाख ३२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजावी सुन पनि तोलामा २९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले बढेर प्रतितोला १ हजार ६ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *