नयाँ वर्षमा माइडियाले ल्यायो ४६ हजारको क्यासब्याक र ‘खुसियाली’ उपहार योजना

काठमाडौं । माइडियाको अधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा ‘माइडिया नै हो यसपाली उपहारले ल्याउने छ खुसियाली’ नामक उपहार योजना ल्याएको छ ।

यस उपहार योजनाअन्तर्गत अधिकतम ४६५०० सम्म क्यासब्याक आकर्षक क्यासब्याक रहेको छ । लक्कीड्रमा हरेक हप्ता इलेक्ट्रिक प्रेसर कुकर र बम्पर उपहारमा साइड बाइ साइड रेफ्रिजरेटर जित्न सकिने छ ।

पक्का उपहारअन्तर्गत माइडियाको ६, ७ , ८ ,९ १० केजीका वासिङ मेसिन तथा वासरड्रायर को खरिदमा ६ केजी एरिअल प्याक उपहार पाउने छन् । अत्यस्तै साइड बाइ साइड तथा मल्टी डोर रेफ्रिजिरेटरको खरिदमा माइडियाको इन्डकसन कुकटप (१६०० वाट) साथै माइक्रोवेभ ओभनको खरिदमा कुकिङ किट उपहार अफरमा रहेको कम्पनीले जनाएको छ ।

माइडिया ब्रान्डका वासिङ मेसिन, वासरड्रायर, मल्टि डोर रेफ्रिजिरेटर, साइड बाइ साइड रेफ्रिजिरेटर, माइक्रोवेभ ओभन, एयर फ्रायर, वासर ड्रायर, भ्याकुम क्लिनर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन, फ्यान हिटर, ओएफआर हिटर, पीटीसी हिटर, फ्यान जस्ता विभिन्न अपलाइन्स नेपाली बजारमा ग्राहकहरुबीच अत्यन्त रुचाइएका प्रोडक्ट हुन् । शक्तिशाली क्षमता र असाधारण कार्यक्षमताको लागि माइडिया ब्रान्ड नेपाली बजारमा परिचित रहेको छ ।

यो योजना चैत्र २३ गतेदेखि नेपाल अधिराज्यभर सिमित अवधिको लागि लागू गरिएको कम्पनीले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *