विराट कोहलीले बनाए आइपिएलको पहिलो शतक

भारत। इन्डियन प्रिमियर लिग (आइपिएल) मा जारी सिजनको पहिलो शतक विराट कोहलीले प्रहार गरेका छन्। १७ औं सिजनको पहिलो शतक प्रहार गर्ने क्रममा रोयल च्यालेन्जर्स बैंगलोरका लागि कोहलीले राजस्थान रोयल्स विरुद्ध अविजित शतकीय इनिङ खेलेका थिए। कोहलीको यो आइपिएल करिअरको भने ८ औं शतक हो।

जयपुरको सवाई मानसिंह स्टेडियममा जारी सिजनको १९औं खेलमा राजस्थानले टस जितेर पहिले बलिङको निर्णय गरेको थियो। पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ८३ रन बनाउँदा कोहली र डुप्लेसीसले सानदार इनिङ खेले।

विराटले ७१ बलमा १ सय १३ रनको नटआउट इनिङ खेले। जबकी कप्तान फाफ डुप्लेसिसले ४४ रन बनाएर आउट भए। यि दुईबिच पहिलो विकेटको लागि १ सय २५ रनको साझेदारी भएको थियो। कोहलीले आफ्नो इनिङमा १२ चौका र ४ छक्का प्रहार गरे।

त्यस्तै डुप्लेसिसले ३३ बलमा २ चौका र २ छक्काको सहयोगमा ४४ रन बनाएका थिए। बैंगलोरका स्टार ग्लेन म्याक्सवेल शनिबारको खेलमा पनि चल्न सकेनन्।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *