बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । आज सुनको मूल्य बढेको छ । साेमबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सोमबार नेपाली बजारमा छापावाला सुन प्रतितोला १ लाख २६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेकोमा समान तेजाबी सुनको मूल्य पनि दुई सय रुपैयाँले नै बढ्दै १ लाख २६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । आज प्रतितोला १ हजार ५ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अघिल्लो शुक्रबार चाँदी प्रतितोला १ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *