आज कतिमा हुँदैछ सुन-चाँदीको कारोबार ?

काठमाडौं। बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य मंगलबारको तुलनामा स्थिर रहेर तोलाको १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख २४ हजार ६ सय रुपैयाँ कायम भएको छ। यस्तै, बुधबार चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *