भागवत आचार्य सितलकृष्णद्वारा श्रीमतीमाथि निर्घात कुटपिट, धर्मगुरुहरु मुकदर्शक

सितलकृष्णले कथावाचनका समय शिरमा लगाउने पगडिमा पुरुषले प्रयोग गर्ने गर्भनिरोधक साधन भेटेपछि उनको बाहिर अनैतिक सम्बन्ध रहेको कुरा थाहा भएको र विषयलाई लिएर  वादविवाद सुरु भएको र अबदेखि त्यसो नगर्न अनुनय गर्दा उल्टै कुटाइ खानुपरेको उनले  बताएकी छन्।

‘उहाँको एक जना सङ्ग मात्र हैन,थुप्रै परस्त्रीहरूसँग सम्बन्ध छ भन्ने  थाहा पाएपछि मैले सम्झाउन खोजे। उल्टै आफू चोखो बन्न उहाँले मलाई कुटपिट गर्नुभयो,’ उनी भन्छिन्।

शीतलकृष्णले आफ्नो जीवनमाथि खेलबाड गरेको र जबरजस्ती डिभोर्सका लागि दबाब दिएको उनको आरोप छ। ‘उहाँले मेरो परिवारलाई सामाजिक सञ्जालमा पनि ब्लक गर्नु भएको छ। जता गयो त्यतै सम्बन्ध राख्नु हुन्छ। बुबाआमाले पुजेर दिएको ज्वाइ भन्दै सबै कुरा सहेर बसे। मलाई एक दिन कुरा बुझ्नु हुन्छ भन्ने लागेको थियो। सहनै नसक्ने भएपछि कावासोती प्रहरीमा उजुरी पनि दिएकी छु,’ उनले भनिन्।

उनले आफूलाई पतिले पटक–पटक हिंसा गरेको बताएकी छन्। ‘हाम्रो विवाह भएको तीन वर्ष भयो। विवाहपश्चात् केही महिना राम्रोसँग बित्यो। पछि उहाँको दुर्व्यवहार र दुश्चरित्रहरू मैले अनुभव गर्न थालेँ। मैले सो व्यवहारका विषयमा उहाँलाई बारम्बार भन्दा पनि उहाँले मलाई रगताम्य हुने गरी कुटपिट गर्ने घट्ना हुन थाले,’ सुकृति भन्छिन्।

श्रीमान‍्ले आफूलाई भ्रुणहत्या गर्न विवश बनाएको उनको आरोप छ। ‘म सहँदै गएँ। मैले मेरो पीडा माईती पक्षलाई पनि केही भनिनँ,’ उनले भनिन्। उनले अकस्मात आफूलाई छोडपत्र दिने उद्देश्यका साथ श्रीमान‍्बाट जिल्ला अदालत नवलपुरमा डिभोर्स फाइल पेश गरेको जानकारी प्राप्त भएको बताइन्।

भगवान समानका श्रीमानले अदालतमा सम्बन्ध विच्छेदको निवेदन हालेको सुन्नासाथ उनी एक्कासी बेहोस भएर अस्पताल भर्ना भएकी थिइन् ।

सुकृतीले न्यायका लागि सुकृतीले राष्ट्रिय सन्त महासभा अन्तर्गत सनातन हिन्दु राष्ट्र अभियान नेपाल का संयोजक नन्दकिशोर महाराज, जगद्गुरुपीठ चतराका जगद्गुरु बालसन्त महाराज, हिन्दुजागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्याय, युवासन्त श्रीनिवासाचार्य,कुबेर सुवेदी लगायत विभिन्न धर्म गुरुहरुलाई पत्राचार गरि अनुरोध गरेकी थिइन् तर कहिँ कतैबाट न्यायको झिनो आस नदेखिएपछि आत्महत्यासम्मको प्रयास गरेकी सुकृती एक धर्मगुरुको सुझाव अनुसार न्यायका लागि मिडियासम्म पुगेपछि घटना सार्वजनिक भएको थियो।

यस विषयमा सितलकृष्णसंग सम्पर्क गर्दा उनी बोल्न चाहेनन् । तर भागवत सेवा समितिले स्पष्टीकरण दिन भनेपछि भने उनले आफ्नो भनाई राख्नका लागि आफुलाई केहि दिन दिन आग्रह गरेका छन् । यद्यपि जवाफ दिएपछि आफ्ना अन्य गलत कार्य बाहिरीने डरले उनी सार्वजनिक हुन् नसकेको सुकृती बताउँछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *